|
साम्राज्यवादी सूचना
एकाधिकारविरुद्ध दक्षिण एसियामा मोर्चा बनाउने तयारीमा छौः
- प्रचण्ड, अध्यक्ष नेकपा माओवादी
निश्चित रुपमा अहिले हाम्रो देशमा सामन्तवाद र साम्राज्यवादका
विरुद्ध संघर्ष चलिरहेको छ । त्यसमा सामन्तवादी र
साम्राज्यवादीहरुको पक्ष लिने तत्वहरुले नेकपा (माओवादी) लाई
बदनाम गर्न निकै ठूलो कसरत गरिरहेका छन् । तर हाम्रो पार्टीले
पनि त्यसलाई काउन्टर गर्नको निम्ति एउटा त जनताको बीचमा
व्यापक रुपमा जनपरिचालन गर्ने र स्थितिलाई स्पष्ट गर्ने,
अर्को सूचना संचारको क्षेत्रमा पनि आजको युगका विशेषतालाई
ध्यान दिएर त्यसखालको संचार संयन्त्र तयार पार्ने कोसिस
गरिराख्या छ । राजधानी, देशैभरि सबैतिरबाट हामीले पनि मोर्चा
खोलेर संघर्ष गर्नुपर्छ । मलाई लाग्छ अन्ततः जीत सत्यको
हुन्छ । न्यायको हुन्छ । जनताको हुन्छ । |