LETTERS

HOME ABOUT US ourpath@hotmail.com

Special Link

नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वर्णिम अक्षरमा लेखिने वर्तमान जनसंघर्ष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्षको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ - क. प्रचण्ड

Last updated : 11 May 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Bashudev Misra

Prakash Sharma

 

 

 

 

 

 

 

 

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

पत्रकारमाथि माओवादी दुर्व्यवहारलाई तिलको पहाड बनाउनु गलत हो ।

- डि. रावल

पत्रकार मित्रहरु,

प्रसंग यही २९ गते शिखर वार्तास्थल वालुवाटारको हो । नेपाली जनताको शान्तिपूर्ण राजनीतिक निकासको चाहाना र भावनामाथि कुठराघात हुन खोजीरहेको छ । माओवादी लचकताको पराकाष्ठा पुग्दा समेत सात राजनीतिक दल विशेषगरि नेपाली कांगे्रसको नेपाल र नेपाली जनताको उन्नती र प्रगतिको वाधक बनेको राजतन्त्रप्रतिको मोहका कारण शान्तिवार्ता गम्भिर मोडमा पुगेको छ । यतिसम्म कि अब फेरी वार्ता हुन पनि सक्छ नहुन पनि सक्छ । यदि सरकारले जनताको भावना विपरित गएर वार्तालाई भोजभतेर र चियापानमै सीमित राखेमा यो नै अन्तिम वार्ता हुन्छ भन्ने लाग्छ । र, जनताले नयाँ आन्दोलनको घोषण गर्दै आफ्नो पूर्ण मुक्ति गरिछाड्ने छन् ।

नेपालको ८० प्रतिशत भू-भागलाई सामन्ती सत्तावाट मुक्तगरि २१ औं शताव्दीमा वैज्ञानिक राज्यसत्ताको अभ्यास गरिरहेको माओवादी पार्टी वालुवाटारमा भोजभतेर चियापानको लागि गएको होइन । जनताको शान्तिपूर्ण अग्रगामी राजनीतिक निकासको भावनालाई सम्मान गर्दै राजनीतिक निकासको लागि गएको हो । यतिखेर माओवादी नेतृत्व आत्म वलिदानकासाथ जनताको चाहाना र भावना विपरित काम गर्ने, परिवर्तन नचाहनेहरुका क्याम्पमा शान्तिपूर्ण राजनीतिक निकासको लागि हामफालिरहेको छ । यो अरुले देखेजति सजिलो छैन । यो अवस्था भनेको संक्रमणकालीन हो । परिवर्तन देख्न नचाहनेहरुले गम्भिर षडयन्त्र गरिरहेका छन् र निहुँ खोजिरहेका छन् । मौका पाउने वित्तिकै उनीहरुले माओवादी र सात दलबीच मुठभेडको स्थिति सृजना गर्नेछन् र गम्भिर र अप्रिय घटना घटाउन पनि पछिपर्ने छैनन् । त्यतिवेला वालुवाटारको प्रशासन मुकदर्शक बन्ने निश्चित छ । यो विषयलाई लिएर माओवादी नेतृत्वलाई जनताले बडो चिन्ताकासाथ सतर्क रहन सुझाव पनि दिइरहेका छन् ।

कुनैखालको घटना घट्न नदिन २९ गते वालुवाटारमा माओवादीले आफ्ना स्वमसेवक परिचालन गरेको हो भन्ने लाग्छ । यो पनि वार्ताटोली आउने समय अर्थात २ बजे अलि टाइट थियो । त्यतिवेला मास कन्ट्रोलको क्रममा पत्रकार मित्रहरुलाई अवरोध मात्र भएको हो । तर कारणबस वार्ताटोली ढिला आयो । यो अवरोध त्यहाँ उपस्थित जनसमुदायलाई सामान्य लाग्यो तर पत्रकार मित्रहरुले पहाड देख्नुभयो । साझसम्म आउँदा त आफ्नो मर्यादालाई समेत भुल्दै अनेक कुरा गर्न थाल्नुभयो पत्रकार मित्रहरु । मुखले र कलमले राजनीतिक ढंगबाटै गालि गर्न थाल्नुभयो ।

मित्रहरु, हामीपनि वालुवाटारमै थियौं । यो अवरोधको पनि सम्बन्धित पक्षले माफि समेत मागिसकेको थियो । तरपनि तपाईहरुले आफ्नो उच्चतालाई भुल्नुभयो । तपाईहरुले त ठिक गर्‍यौं सोच्नु भयोहोला नै तर तपाईहरुका पाठक र दर्शक भने दंग परे । मित्रहरु, आफ्नो मर्यादा आफैले बचाउन सक्नुपर्छ । जनताले चाहने भनेको अनुशासित पत्रकारिता हो । पत्रकार भन्दैमा जे गर्न र भन्न पाउनुपर्छ भन्ने मानसिकतावाट मुक्त हुनुपर्दछ भन्ने लाग्छ । आफूले जतिखेर जे गर्न र भन्न पाउनु पर्छ भन्ने माग गर्नु भनेको अराजक बन्न खोज्नु हो । अराजक पत्रकारितालाई कसैले पनि सम्मान गर्दैन ।

हिजो गाउँमा जनता मार्न तम्सनेहरु अहिले शहरमा आएर क्यामरा वोकेर पत्रकार पल्टेका हाम्रै आँखाले देखेका छौं र जनआन्दोलनको वेला जनतालाई गोली ठोक भन्नेहरु पनि पत्रकार बनेको देखियो ।

पत्रकारको कभरमा पत्रकार महासंघको सदस्यता नं. ८३७ र काठमाण्डौं शाखाको सदस्यता नं. २८ लिएका राजाका समर्थकलाई भूमिगत पार्टी खोल्न सल्लाहा दिने र माओवादी र दलबीच भिडण्त गराउने योजनाकारका सहयोगी, दरवार यहीवेला कदम नचाले गम्भिर संकट आउनु हो भन्दै दरवारीयाहरुलाई उत्तेजित पार्न कतिथ पत्रकार प्रहरीका हवल्दार बबुर खरेल जस्ता दरवारका एजेण्ट -बबुर खरेलको विस्तृत जानकारीको लागि जनादेश साप्ताहिक वर्ष १५ अंक ४५, २०६३ असोज ३१ गते मंगलबार नेपाल सम्बत् ११२६ हेर्नु होस्) पनि वालुवाटारमै थिए ।

मित्रहरु, ल तपाईहरु नै भन्नुस् विगतका वार्ताका रिपोर्ट दरवारलाई दिएर वार्ताका विरुद्ध षडयन्त्रका तानावाना बुन्न सहयोग गर्नेहरुवाट सतर्क रहने कि नरहने - हरेक कुरा राजनीतिसंग जोडिएको हुन्छ । माओवादीले स्वम्सेवक परिचालनको राजनीतिक महत्वलाई तपाईहरुले बुझन सक्नुभएन । केही भएको होइन भन्ने पनि होइन केही अवरोध भएको भने अवश्य नै हो । यो सामान्य नै हो र सहजताकासाथ लिंदा राम्रो हुने थियो ।

यो गल्तिको माओवादी उपत्यका व्यूरोले पत्रकार सम्मेलन गरि क. हिसिला यामीले पार्टी केन्द्रको तर्फबाट माफी मागिसक्दा पनि फेरि टेलिभिजन र पत्रिकामा त्यही पुराना कुरा देख्दा खिन्नता पैदा हुन थालेको छ । मित्रहरु, वालुवाटारमा कुनै घटना घट्दा तपाईहरु कसैका पत्रिकाका पाठक धेरै बन्छन् त कोही धेरै दर्शकको अगाडि देखा पर्नु हुन्छ तर त्यसको जवाफदेही कोही हुनुहुदैन । जो जवाफदेही हुन्छ उसले त्यहाँको वातावरण आफ्नो नियन्त्रणमा लिनु स्वभाविक हुन्छ । यही क्रममा हुने कमजोरीलाई पहाड बनाएर हेर्नु हुँदैन । पत्रकारले बातावरणलाई सहज बनाउन खोजेका हुन कि तनावग्रस्त - जनताले प्रश्न गर्न थालेका छन् । जनताको यो प्रश्नको उत्तर तपाईहरु नै दिनुहोला ।

हाल काठमाण्डौ

 

 

 

 

 

 

 

 

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको शान्तिको चाहना पूराहोस विजयादशमीको हार्दिक शुभकामना !!!

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com

Party/Organization

CPN(Maoist)

CPN(UML)

Nepali Congress

Non Resident Nepali

WNSO

Amnesty International

Human Rights Watch

International Crisis Group

International Dalit Solidarity Network

Nepal disappearances site

Peace Brigades International

Center for Victims of Torture

Citizens Peace Commission

Civic Solidarity for Peace

COCAP

CONCERN

CWIN

Dalit Welfare Organization

HimRights

HURPES

INSEC

INSEC-Online

Jagaran Media Center

Jana Utthan Pratisthan

Maiti Nepal

Nepal Bar Association

Nepal Press Institute

Press Council Nepal

Saathi

Sancharika Samuha

Youth Action Nepal