NEWS HEADLINES

HOME ABOUT US ourpath@hotmail.com

Special Link

नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वर्णिम अक्षरमा लेखिने वर्तमान जनसंघर्ष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्षको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ - क. प्रचण्ड

Last updated : 29 Mar 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Other Comrades

Articles

Bashudev Misra

Prakash Sharma

 

 

 

 

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

 

 

 नेपाल एक्यवद्धता दिवशको औचित्य र आवश्यकता

- प्रकाश शर्मा

विश्व मानचित्रमा नेपाल सानो देश भएतापनि यसको विशिष्टता र विविधताको विशेष महत्व रहिआएको छ । एकातिर विशाल जनवादी गणतन्त्र चीन र अर्कोतर्फ आफूलाई संसारकै ठूलो प्रजातान्त्रिक मुलुक भन्ने भारतको बीचमा रहेको एक बफर राज्यको रुपमा रहेको नेपालमा विगत दश वर्ष देखि शोषण, उत्पिडन, भेदभाव इत्यादिका विरुद्ध सशस्त्र जनयुद्ध सञ्चालनमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी -माओवादी)को कुशल नेतृत्व र नेपाली जनताको परिवर्तन प्रतिको चाहना अनुरुप सञ्चालित उक्त जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनको एउटा मोडल क्रान्तिको रुपमा स्थापित भैसकेको छ ।

 

नेपाली जनताहरु स्वभावैले अत्यन्त शान्ति प्रेमी हुँदाहुँदै पनि यसैको अनुचित फाइदा उठाएर शाषकहरुबाट जनताहरुलाई पटक पटक धोका दिदै आएका मात्र छैनन् अपितु चरम शोषण, दमन, अन्याय र अत्याचारबाट मध्ययुगिन शासनको अनुभुति समेत गराएका छन् । शाषकका यिनै मानव अधिकार विरोधी क्रियाकलापका विरुद्ध नेपाली जनताहरुले विभिन्न समयमा विशाल क्रान्तिका इतिहास पनि निर्माण गरेका छन् । अन्ततः दश वर्षे जनयुद्धबाट देशको ८० प्रतिशत भुभागबाट पुरानो अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक राज्य संरचनालाई ध्वस्त पार्दै नयाँ र वैज्ञानिक समाजको निर्माण गर्ने क्रमलाई अगाडि बढाएका छन ।

सन १९९० मा सोभियत संघको विघटन भएपछि विश्वबाट कम्युनिज्मको समाप्ती भएको र अबको युगमा कम्युनिजमको पुनः प्रादुर्भाव असम्भव छ भन्नेहरुलाई नेपालको जनयुद्धको विकासले गतिलो झापड हानेको त छदैछ त्यसका अलावा साम्राज्यवादी शक्तिहरुको निद हराम पनि भएको छ । त्यसैले नेपाली जनताको परिवर्तन प्रतिको चाहनाका वावजुद पनि विदेशी शक्तिकेन्द्रहरु आफ्नो स्वार्थसिद्धीको निमित्त नेपालको आन्तरिक मामिलामा खुलेयाम हस्तक्षेप गरिरहेका छन् । अमेरिकी राजदुत मोरियार्टी त यति नाङ्गो रुपमा उभिएका छन कि उनका पटक पटकका अभिव्यक्तिले गर्दा नेपाली जनतामाझ अमेरिकी वुस प्रशासन अत्यन्त घृणित सम्म बन्न पुगेको छ ।

 

क्रान्ति सधैभरी एउटा सरल रेखाबाट नभएर बक्ररेखाबाट गुज्रन्छ भन्ने मालेमावादी विचारलाई नेकपा-माओवादी)ले दह्रोसंग पक्डेको कुरा उनीहरुले विगतमा पटक पटक गरेका वार्ताका प्रयास र हाल आएर संविधान सभाको चुनाव मार्फत देशलाई अग्रगति दिने नीतिले स्पष्ट पारेको छ । यतिवेला माओवादीहरु फौजी कार्यदिशाको सट्टा राजनैतिक कार्यदिशालाई अगाडि सारेका छन् । सात वटा डिभिजन सम्मको जनमुक्ति सेना, लाखौको संख्यामा रहेका मिलिसिया तथा लाखौ पूर्णकालीन कार्यकर्ताका साथै करोडौ नेपाली जनताको समर्थन पाएको र रणनैतिक प्रत्याक्रमणसम्म पुगेको पार्टीले शान्तिपूर्ण निकाशलाई मुल मुद्धा बनाइरहेकै बेला विदेशी शक्ति केन्द्रको आडमा शान्तिपूर्ण निकासलाई विथोल्न गरिएका अनेकौ प्रयासहरु हाम्रा अगाडि स्पष्ट रुपमा देखिएका छन् ।

 

सातदल र माओवादी बीच सम्पन्न १२ बुँदे सहमति नै जनआन्दोलन २ को प्रस्थान विन्दु थियो भन्ने कुरा आन्दोलनमा जनताहरुको उपस्थिति, उनीहरुले सडकमा घन्काएका नाराहरु, अत्यन्तै वलिदानीपूर्ण भावका साथ कफ्र्यू तोडिनु आदि जस्ता कुराहरुबाट स्पष्ट भएका छन् । यति हुँदाहुदै पनि हाल आएर सत्तामा पुगेका राजनैतिक पार्टीहरुबाट जनताको आन्दोलनको म्याण्डेटलाई विर्सेर सत्ता सुखमा रम्नु र विदेशि शक्तिबाट सञ्चालित भई जनतालाई पुनः धोका दिन खोज्नुले संसदवादी राजनैतिक दलका वास्तविक चरित्रलाई जनताहरुले स्पष्ट संग बुझेका छन् ।

 

वर्तमान नेपालको राजनीति अत्यन्तै संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । छोटो अवधिको लागि प्रतिनिधि सभाको पुनस्र्थापन भनिएतापनि त्यसलाई अझ लम्ब्याउन खोजिएको छ । मुख्य राजनैतिक विषयलाई पन्छ्याएर सेनाको व्यवस्थापन जस्तो प्राविधिक विषयमा सरकार नियोजित ढंगले अल्झिएको छ । जनताको बलिदानीपूर्ण जनआन्दोलनको म्याण्डेट पाएका प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट जनताबाटै तिरस्कृत राजतन्त्रको बचाउन गर्न खोजिएको छ । यी यावत कुराहरुका अतिरिक्त माओवादीले अगाडि सारेका कतिपय कुराहरुलाई संसदबाट पास गर्राई माओवादीको आन्दोलनलाई पाखा लगाउन खोजिएको छ । तर नेपाली जनताहरु अब सचेत मात्र भएका छैनन अपितु उनीहरुले आवश्यक परे पुरानो सामन्ती राजतन्त्र संगै आफूलाई पटक पटक धोका दिने राजनैतिक दलहरुलाई पनि इतिहासको कुनामा मिल्काउन सक्ने भएका छन् ।

 

नेपाल जस्तो दक्षिण एशियाको सानो भौगोलिक क्षेत्रफल भएको देशमा भएका यि यावत घटनाक्रमहरुको जानकारी पश्चिमा जगतलाई कम हुनुको पछाडि यसको प्रचार प्रसार नहुनु, घटनालाई तोडमरोड गरी शाषकहरुबाट प्रोपोगाण्डा गरिनु र पश्चिमा जगत वास्तविक कुराहरुबाट टाढा रहनु मुख्य रहेका छन् । अमेरिका, वेलायत, वेल्जियम तथा भारत जस्ता मुलुकहरुबाट विगतमा नेपाली जनताको कत्लेआम गर्नको निमित्त शाषकहरुलाई सैनिक सहयोग गरिए तर त्यसका विरुद्ध तत् तत् देशमा वस्ने नेपालीहरु तथा त्यहाँका स्थानीय जनताहरुबाट कुनै आवाज निस्कन नसक्नु वा आवाज निस्केर पनि कम सहभागिता रहनुले त्यसलाई रोक्न सकिएन ।

 

हालको विश्व साम्राज्यवादी शक्तिको उत्पिडनबाट आक्रान्त भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । त्यसैले देशको राजनैतिक परिवर्तनको निमित्त देश भित्रका जनताहरुको प्रमुख सहभागिताका साथसाथै विश्वभरीका न्यायप्रेमी जनताको समर्थन र सहयोगको त्यत्तिकै महत्व रहेको छ । संसारका विभिन्न देशहरुमा भएका साना तिना विद्रोह र क्रान्तिले युरोपेली समुदाय बीचमा विशेष महत्व पाईरहेको अवस्थामा नेपालमा विगत दश वर्ष देखि सञ्चालित जनयुद्ध र विशाल जनआन्दोलनले त्यत्तिकै महत्व पाउनको निमित्त युरोपेली जनताहरुसंगको आपसी छलफल, मैत्रीपूर्ण सम्वन्धको विस्तार, परस्पर सहयोगको समझदारी लगाएत राजनैतिक तथा न्याय र मुक्तिप्रति एक्यवद्धताको अत्यन्तै खाँचो परेको छ ।

तसर्थ आजको आवश्यकता भनेको नेपाल र नेपाली जनताको न्याय र मुक्ति प्रतिको चाहनालाई विश्वका न्याय र मुक्तिप्रेमी जनता समक्ष पुर्‍याउनु रहेको छ । यसै उद्धेश्य पूरि्तका निमित्त युरोपभरीका विभिन्न देशहरुमा यहि आउँदो सेप्टेम्वर २ शनिवारका दिन नेपाल ऐक्यवद्धता दिवशको आयोजना गर्न लागिएको हो । वेलायतमा पनि नेपाली समाज वेलायत र विश्व जनप्रतिरोध आन्दोलन -डब्लुपिआरएम) को संयुक्त आयोजनामा लण्डनको हलवर्न स्थित हलमा दिनको १ बजे देखि ५ बजेसम्म उक्त काईक्रमको आयोजना गर्न लागिएको छ ।

 

वेलायतमा स्थापना भएका विभिन्न नेपाली संघ संगठनहरु यस प्रति सचेत रहनु र देशलाई अग्रगमन तर्फ डोर्याउन आ आफ्नो ठाउँबाट अझ बढी एक्यवद्ध हुन आजको आवश्यकता हो । देशले अहिले दीगो शान्तिको निमित्त प्रशव वेदना खेपिरहेको छ । यस्तो अवस्थामा देश तथा विदेशमा रहने हरेक नेपालीको एउटै मात्र दायित्व देशलाई सदासदाको निमित्त सामन्तवाद तथा सवैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त गर्नको निमित्त एक्यवद्ध हुनु हो ।

 

देशको राजनैतिक परिवर्तन विना कुनै पनि नेपालीको जीवनस्तरमा परिवर्तन हुन सक्दैन । त्यसैले वेलायत स्थित संघ संगठनहरुले कुन कुरालाई बढी महत्व दिने भन्ने कुरामा विशेष ध्यान दिनु पर्दछ । देशको राजनैतिक निकास जस्तो मुख्य मुद्धालाई ओझेलमा पारेर केवल रंग रमाईलो जस्ता झिना मसिना कुराहरुमा अल्झिरहनुले देश प्रतिको जिम्मेदारी वहन गर्न नचाहनु वा देश प्रतिको कर्तव्यवोध हुन नसक्नु भन्ने बुझ्नु पर्दछ । त्यसैले सेप्टेम्बर २ मा हुन गईरहेको नेपाल एक्यवद्धता दिवशमा एकतावद्ध हुन र देशको अग्रगामी निकासको निमित्त आ आफ्नो ठाउँबाट योगदान दिन वेलायतमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली संघ संगठनहरुलाई नेपाली समाज यु.के.ले हारि्दक अपिल समेत गरेको छ ।

साभारः नेपाली सन्देश

लेखक नेपाली समाज वेलायतका कार्यकारी सदस्य हुनुहुन्छ

 

 

 

 

 

 

 

युरोपभरीका देशमा सम्पन्न हुन गईरहेको नेपाल एक्यवद्धता दिवशमा सहभागि बनौ

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online
Janadesh Weekly

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

NepalJapan

News of Nepal

Parewa Online

Chitawan.com

Himal Khabar

Gorkhapatra

Chitawan.com

janaandolan.com

Blog Sites

Focus Blog

Mero Sansar

Blogger's Nepal

ratnapark

Daily Newspapers

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com

Party/Organization

CPN(Maoist)

CPN(UML)

Nepali Congress

NPPF Belgium

Non Resident Nepali

WNSO

Amnesty International

Human Rights Watch

International Crisis Group

International Dalit Solidarity Network

Nepal disappearances site

Peace Brigades International

Center for Victims of Torture

Citizens Peace Commission

Civic Solidarity for Peace

COCAP

CONCERN

CWIN

Dalit Welfare Organization

HimRights

HURPES

INSEC

INSEC-Online

Jagaran Media Center

Jana Utthan Pratisthan

Maiti Nepal

Nepal Bar Association

Nepal Press Institute

Press Council Nepal

Saathi

Sancharika Samuha

Youth Action Nepal