NEWS HEADLINES

HOME ABOUT US editor@ourpath.net

Special Link

विशाल क्रान्तिकारी जनसमुदायमाथि विश्वास गर्नु नै कम्युनिष्ट पार्टीको एक मात्र आधारभूत सिद्धान्त हो ।  -क. लेनिन

Last updated : 27 Mar 2008

 

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

सात दलको अभियानले जनता उत्साहित, नयाँ इतिहास कायम गर्ने विश्वास

बुटवल । नेकपा (माओवादी) र संसदवादी छ दलले आगामी चैत २८ गते हुने संविधानसभा निर्वाचन सफल पारेरै छाड्ने दृढ संकल्पसहित संयुक्त रूपमा जनसभा अभियान थालनी गरेपछि परिवर्तनकामी नेपाली जनता उत्साहित भएका छन् । नेपालको राजनीतिक विशिष्ठतामा लोकतन्त्रको श्रेष्ठतम् अभ्यास गर्नका लागि सरकारमा सहभागी सातै दलले जुनसुकै मूल्यमा पनि संविधानसभा निर्वाचन सफल पार्ने कुराले नयाँ इतिहास कायम गर्ने विश्वास जनतामा पैदा भएको छ ।

 

षड्यन्त्र चिर्दै क्रान्ति पूर्ण गर्ने दृढता

बुटवल । राष्ट्र माओवादीका एजेण्डामा अगाडि बढिरहेका बेला नेकपा (माओवादी) केन्द्रीय समितिको पूर्ण बैठकले नेपाली क्रान्तिलाई विजयी तुल्याउन सम्पूर्ण शक्तिका साथ संविधानसभाको निर्वाचनमा होमिने निर्णय गरेको छ । माओवादीको फूलबारी बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रतिवेदन सुझावसहित एकमतले पारित गर्दै राष्ट्रियता र गणतन्त्रलाई मूल नारा बनाएर संविधानसभामा जाने निर्णय गरेको हो ।

 

माओवादी बैठक जारी, बैठकले चुनावी अभियान तय गर्ने

काठमाण्डौं/ वर्तमान राजनैतिक घटनाक्रममा महत्वपूर्ण र निर्णायक स्थान राख्ने नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । हिजो शनिबार बिहान ९ः३० बजे शुरु भएको बैठकलाई गत साउनमा सम्पन्न पा“चौं विस्तारित बैठकपछिको महत्वपूर्ण बैठकका रुपमा लिइएको छ ।

 

आजदेखि माओवादीको महत्वपूर्ण बैठक, 'अबको तीन महिना माओवादीको नसा-नसामा चुनावी रगत सल्बलाउने छ'

बुटवल । नेकपा (माओवादी) को चार महिने लामो वैचारिक संघर्ष पश्चात मुलुक संवैधानिकरूपमै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ऐतिहासिक उपलब्धि लगत्तै आज शुक्रबारदेखि माओवादी केन्द्रीय समितिको महत्वपूर्ण बैठक बस्दैछ । १ सय ३९ वर्षदेखि नेपाली जनताको खुन पसिनामा र्राईंदाईं गर्दै आएको सामन्ती जनहत्यारो राजतन्त्रको अन्त्यसंगै बस्न लागेका माओवादीको बैठकलाई नेपाली जनता र अन्तर्राष्ट्रिय जगतले महत्वपूर्णरूपमा हेरेका छन् ।

 

देश गणतन्त्रतर्फउन्मुख भएकोमा प्रवासबाट खुसी ब्यक्त

दोहा, ३१ डिसेम्वर । नेपाली जनप्रगतिशिल मञ्च, दोहा कतारका अध्यक्ष जनार्दन गिरीले आज एक प्रेश वक्तब्य प्रकाशित गर्दै नेकपा (माओवादी)को अथक प्रयास पछि नेपाल अब गणतन्त्रतर्फउन्मुख भएको र नेपाली राजनैतिक अन्यौलताले भर्खरै मात्र नयाँ निकास पाएको ठहर गर्नु भएको छ । देश र जनताको मुक्तियुद्धमा भाँजो हाल्ने सामन्ती शासकका मतियारहरुले जनताका विरुद्धमा अझै पनि षड्यन्त्रहरु जारी राखेको हुँदा डटेर आ-आफ्नो ठाउ“बाट मुकाविला गर्नको लागि उहाँले सम्पुर्ण मुक्तिकामी जनसमुदायहरुलाई आव्हान समेत गर्नु भएको छ ।

 

नेपाल गणतान्त्रिक मुलुक घोषित

काठमाण्डौं/अन्तरिम संविधानको तेस्रो पटकको संशोधन भई १३ गते संसदबाट पारित भएपछि अब नेपाल राजतन्त्रात्मक मुलुकबाट संघीय गणतन्त्रमा प्रवेश गरेको छ । अन्तरिम विधायिकामा ७ दलको समहतिमा पेश गरिएको २३ बुँदे नयाँ राजनैतिक सहमति अत्याधिक बहुमतले पारित भएपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा संविधानतः प्रवेश गरेको हो ।

 

जनआव्हान साप्ताहिक ११ औ बर्ष प्रवेश विशेषांक

आवाजविहीनहरुको आवाज बनेर दश बर्षेखि नेपाली धर्तिमा जनपक्षीय आवाज बुलन्द गर्दै आईरहेको जनआव्हान साप्ताहिक एघारौं बर्ष प्रवेश गरेको उपलक्ष्यमा विशेषांक प्रकाशित गरेको छ । नेपाली क्रान्तिका नायकहरु, प्रगतिवादी साहित्यमा लामो समयदेखि कलम चलाउनु भएका बरिष्ठ साहित्यकार तथा लेखकहरु, जनपक्षीय पत्रकारितामा कलम चलाउनु भएका क्रान्तिकारी पत्रकारहरुका सार गर्भित विचार यस विशेषांकमा समेटिएका छन् । जनआव्हान साप्ताहिकको ११ औं बर्षप्रवेशको सुखद अवसरमा प्रकाशित विशेषांकमा समेटिएका विचार अध्ययनका लागि माथि शिर्षमा क्लिक गर्नुहोस ।

 

भिमलाल, राष्ट्रवाद र पिलर नं ८०३ - नरेन्द्र जंग पीटर

मण्डले राष्ट्रवाद बखानिने सत्ता वास्तविक राष्ट्रवाद प्रति उदासिन बन्यो । दवावमा रह्यो । वास्ता गर्न, प्राथमिकतामा पार्न सकेन । तब मिचाहाहरुले ह्याकुलाले किच्न पाए । उपनिवेशवादी अग्रेजबाट मुक्त भएपनि भारतीय शासक वर्गको सत्ता संस्कृतिमा भने विस्तारवादी नै रहन गयो । उसको जल तथा उर्जाको दिर्घकालिन राष्ट्रिय परियोजनामा यो क्षेत्र आक्रान्त बन्दै गयो । अन्यत्र पनि त्यस्तै प्रयास हुँदै गए, गइराखेका पनि छन् । त्यसै जालोमा काँग्रेस एमालेको नेतृत्व वर्ग पासोमा पर्‍यो । तब राष्ट्रघातको अपुरणीय क्षतिको प्रतिक 'टनकपुर' बन्न पुग्यो ।

 

गणतन्त्रवादीहरूको अर्को विजय, मुलुक गणतन्त्रमय

बुटवल । नेकपा (माओवादी) यतिबेला रक्तपातहीन युद्ध लडिरहेको छ । र, त्यही युद्ध वा संघर्षको प्रतिफल नेपालको इतिहासमा पहिलोपटक संविधानमा गणतन्त्र लेखिने भएको छ, जसका कारण नेपाली जनताले आगामी चैत महिनाभित्र संविधानसभाको निर्वाचन सम्पन्न गरेर आफ्नो ऐतिहासिक अभिभारा पूरा गर्ने अवसर प्र्राप्त गरेका छन् ।

 

अखिल नेपाल लेखक संघको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, २७ डिसेम्वर । अखिल नेपाल लेखक संघको विहीवार काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्षमा घनश्याम ढकाललाई निर्वाचित गरेको छ । संघका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जगदिशचन्द्र भण्डारी, महासचिव हिरामणि दुखि, आरपि तिमिल्सिना र कोषाध्यक्ष निभा शाह हुनुहुन्छ ।

 

लालसलाम कमरेड माओ

विश्व र्सवहारा बर्गका महान नेता, अध्यक्ष कमरेड माओको ११४ औं जन्मजयन्ती विश्वभरीका र्सवहाराबर्गले धुमधामका साथ मनाइरहेका छन् । मार्क्सवाद लेनिनवादलाई माओवादको स्तरसम्म विकास गर्दै चीनमा र्सवहाराबर्गको राज्यसत्ता स्थापना गर्न कमरेड माओले दिनुभएको योगदान आज संसारभरका श्रमजीवि जनताको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । कमरेड माओको ११४ औं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्द कमरेड माओले देखाउनु भएको बाटोमा सधै लागिरहने आवरपथ डट नेट प्रतिवद्धता ब्यक्त गर्दछ ।

 

कमरेड माओको ११४ औं जन्मजयन्ती

काठमाण्डौं, २६ डिसेम्वर । विश्व सर्वहारावर्गका महान नेता कमरेड माओ त्से तुङ्गको ११४ औं जन्मजयन्ती विश्वभरि विभिन्न कार्यक्रम सहित भव्यताकासाथ मनाइदैछ । कमरेड माओको जन्मजयन्तीको अवसरमा एक प्रेश विज्ञप्ती जारी गर्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली जनसमुदाय र ने.क.पा.(माओवादी) को तर्फबाट विश्व सर्वहारा वर्गका महान नेता क.माओ त्से तुङ्गप्रति स-सम्मान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकासको दिशामा दृढतापूर्वक अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

रेडियो गणतन्त्र राप्तीको उद्घाटन, नया राजनीतिक धारमा मात्रै नया एकता कायम हुन्छ- महरा

दाङ/नेकपा (माओवादी)का केन्द्रीय प्रवक्ता एवं पूर्व संचारमन्त्री, कृष्णबहादुर महराले अहिले देशमा अग्रगमन र यथास्थितिवादीका बीच द्वन्द्व चलिराखेको भन्दै अब नया“ धारमा मात्रै दलबीच एकता कायम हुने कुरा बताउनु भएको छ । उक्त कुरा उहा“ले हिजो दाङको गोग्लीमा रेडियो गणतन्त्र राप्ती ९५.१ मेगाहर्जको उद्घाटन गर्दै बताउनु भएको हो ।

 

अमेरिकी साम्राज्यबाद बिरुद्ध ब्रसेलमा बिरोध प्रदर्शन

ब्रसेल्स, २२ डिसेम्वर । अमेरिकी साम्राज्यबाद, बिस्तारबाद र हैकमबादको बिरुद्ध बिश्वका न्याय प्रेमी जनताहरुले बुलन्द आवाज घन्काई रहेका अवस्थामा आज बेल्जियमको राजधानी ब्रसेल स्थित अमेरिकन राजदुतावास अगाडि बिरोध प्रदर्शन भएको छ ।

 

कांग्रेसको मति सप्रे चैतमा संविधान

बुटवल । संसदवादी राजनीतिक दलहरू जनउत्तरदायी हुन सके अगामी चैत्र महिनाभित्र संविधानसभाको निर्वाचन हुने भएको छ । त्यसको लागि सहमति नजिक पुगेको भनिएको अन्तरिम संविधानमा गणतन्त्र उल्लेख गर्दै छिट्टै गोलमेच सम्मेलनमार्फत निर्वाचन प्रणाली निश्चित गरिनुपर्ने आवश्यकता टड्कारो बन्न पुगेको छ ।

 

हिसीला एमीको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मुन्स्टर जर्मनी,२० डिसेम्वर । अन्तर्राष्ट्रियतावादी नेपाली ऐकवद्धता मञ्च जर्मनी र हिमालयन सोसाइटी जर्मनीको संयुक्त आयोजनामा 'नेपाली जनआन्दोलनमा महिलाहरुको भुमिका' विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेकपा माओवादीकी केन्द्रीय सदस्य, अन्तरिम विधायक तथा भुतपुर्व भौतिक योजना तथा श्रम मन्त्री हिसीला एमीको प्रमुख आतिथ्यमा जर्मनीको मुन्ष्टर शहरमा सम्पन्न उक्त कार्यक्रममा ठूलो संख्यामा जर्मनीबासी नेपालीहरुको उपस्थिति थियो ।

 

पत्रकारमाथि सेनाको दुर्व्यवहारप्रति क्रान्तिकारी पत्रकार संघद्वारा भर्त्सना

काठमाण्डौं, २१ डिसेम्वर । शिवपुरीमा आशंकित सामूहिक चिहान फेला परेको प्रचार भएपछि समाचार संकलनका लागि मंसिर ५ गते सो स्थानमा पुगेका पत्रकारहरु खगेन्द्र पन्त, दीपेन्द्र कुँवर तथा फोटो पत्रकारद्वय सागर श्रेष्ठ र राजेश गुरुङमाथि नेपाली सेनाको गोरखनाथ गणका गणपति राजीव शाहले गरेको दुर्व्यहारप्रति क्रान्तिकारी पत्रकार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघद्वारा आज प्रकाशित विज्ञप्तीमा प्रेस स्वतन्त्रताको विरुद्धको उक्त हर्कतप्रति हामी घोर निन्दा एवम् भर्त्सना गर्दछौं भन्दै पत्रकारहरुले स्वतन्त्रढंगले समाचार संकलनमा जा“दा भएको यो दुर्व्यवहार र कर्णेलको अभिव्यक्तिले शाही शासनकालको स्मरण गराएको उल्लेख छ ।

 

संविधानसभा अगाडि जलविद्युत परियोजनाहरुको नयाँ संझौता नगर्न आग्रह

नेपाल सरकारले सञ्चालन गर्न लागेको पश्चिम सेती परियोजनाका सम्वन्धमा नेकपा माओवादीले आफ्नो गम्भिर ध्यानाकर्षा भएको जनाएको छ । नेपालको प्राकृतिक सम्पदाको समुचित संरक्षण, वितरण र उपयोग गर्नेबारे आजसम्म राज्यको प्रष्ट र स्वतन्त्र धारणा बन्न नसक्नुका कारण वैदेशिक स्वार्थ अभिप्रेरित हुन गई नेपाल पटकपटक ठगिंदै आएको बताउंदै माओवादीले मुलुक अत्यन्त जटिल र संक्रमणकालीन अवस्थामा रहेका बेला सात दलको सहमति विना र अन्तरिम व्यवस्थापिका संसदको प्राकृतिक स्रोत तथा साधन समितिको निर्णय विपरीत उक्त परियायोजनासंग सम्बन्धित सवै कार्यहरु गर्न नहुने आफ्नो पार्टीको धारणा र्सार्वजनिक गरेको छ ।

 

यसै वर्षभित्र संविधानसभा चुनाव गर्ने सहमति, काँगेसी एकाधिकारवादी सोंचका कारण बाँकी सहमति हुन सकेन

काठमाण्डौं/संवैधानिक संकटलाई हटाउन हिजो राती अबेरसम्म बालुवाटारमा बसेको सात राजनैतिक दलहरुको बैठकले संविधानसभाको चुनाव मंसिरबाट सारेर चैत्रसम्म गराउने शब्दाबली थपेर सहमति बमोजिम हिजै संविधान संशोधन गर्ने प्रस्ताव सदन लैजान सरकारलाई निर्देशन दिएको छ ।

 

'गणतन्त्र आउन त्यति सजिलो छैन'-प्रचण्ड

भैरहवा/नेकपा माओवादीका अध्यक्ष एवं जनमुक्ति सेना नेपालका सर्वोच्च कमाण्डर प्रचण्डले एकहप्ताभित्र राजनीतिक सहमति नभए संवैधानिक संकट आउने चेतावनी दिनुभएको छ । 'एक हप्ताभित्रै राजनीतिक सहमति खोज्नुपर्छ, नभए देशमा अराजकता आउनेछ' प्रचण्डले भन्नुभयो- 'हामी संकट नआओस् भन्नका लागि हरसम्भव प्रयासमा छौं । त्यस्तो सहमति हुन नसके सात दल भित्रैबाट निकास निकालिने छ ।'

 

माओवादी नेतृ यमी नर्वेका श्रमजीवि जनताहरुबीच

नर्वे, ६ डिसेम्वर । नेकपा माओवादीकी केन्द्रीय सदस्य तथा भुतपुर्व भौतिक योजना तथा निर्माण मन्त्री हिसिला एमी हाल नर्वे लगायत युरोपका विभिन्न देशको भ्रमणमा हुनुहुन्छ । यसैक्रममा वहां डिसेम्वर चारका दिन नर्वे को ट्रोधिम आइपुग्नु भयो र त्यहां स्थित नेपाली सोसाइटी ट्रोधिमद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुनुभयो ।

 

राष्ट्रवादी र राजावादीबारे : एक छलफल - पुष्पविक्रम मल्ल (क.सिंह)

सिद्धान्त बिनाको व्यवहार कानो र व्यवहार बिनाको सिद्धान्त विचार लङ्गडो हुन्छ । मूल प्रश्न सही विचार र सही राजनीतिक कार्यदिशाबाट मात्र सही नतिजा निस्कन सक्तछ । तर्सथः माओवादी पार्टीले महान जनयुद्ध र २ बर्षको शान्ति वार्ता प्रक्रियामा यतिखेर राजतन्त्रात्मक राज्यसत्ताको ध्वस्त गरी संघीय गणतन्त्र नेपालको स्थापना गर्न प्रतिबद्धताका साथ लागिरहेको कुरा नै स्पष्ट नै छ ।

 

फैसला हुँदैछ कांग्रेसको भविष्य, शान्ति प्रक्रिया भाँड्ने दुस्साहस

बुटवल । यतिबेला नेपाली जनतालाई सार्वभौम शक्तिसम्पन्न बनाउने कि नबनाउने भन्ने प्रश्नमा तीब्र संघर्ष चलिरहेको छ । एउटा शक्ति जनताका विरुद्ध छ, अर्काे शक्ति जनताका पक्षमा दृढतापूर्वक उभिएको छ । संघर्षको केन्द्रीय प्रश्न संविधानसभा अगावै मुलुकमा गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने वा नजाने भन्नेमा छ ।

 

समानुपातिकको फैसला गोलमेचले गर्ने- प्रचण्ड

काठमाण्डौं/सात दलीय सहमति जुटाउन बसेको हिँजोको बैठक पनि निष्कर्ष बिहिन भएर टुङ्गयो । त्यसको प्रभाव आज बस्ने संसदको बैठकमा पनि पर्ने भएको छ । जसका कारण संसदको बैठक पनि भूमिका छ । जसका कारण संसदको बैठक पनि भूमिका बिहिन हुने निश्चित भएको छ । संसदको विशेष अधिवेशनद्वारा पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव कार्यान्वयनमा काँगेस सहमत नहुँदा राजनीतिक गतिरोध उत्पन्न भएको हो ।

 

अपाङ्गलाई विशेषाधिकारका लागि माओवादीले पहल गर्ने

काठमाण्डौं, २ डिसेम्वर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले समाजको अत्यन्त संवेदनशिल हिस्साकारुपमा रहेका अपांगहरुलाई सम्मान, अवसर र कर्तव्यको ठोस व्यवस्था गर्न व्यापक पहल बढाउनुमा नै अपांग दिवस मनाउनुको अर्थ र औचित्य अन्तर्निहित छ भन्नु भएको छ । उहांले आज जारी गर्नु भएको बक्तव्यमा अपांग दिवसको अवसरमा अन्तर्राष्ट्रिय मान्यता अनुसार यस सम्बन्धि आम नीति, योजना र कार्यक्रमको विकास गर्नुका साथै विशेषाधिकारको राष्ट्रिय नीति बनाई आशन्न संविधानसभाको निर्वाचन लगायत आर्थिक, राजनैतिक र सांस्कृतिक जीवनका सबै क्षेत्रमा विशेष व्यवस्था गर्न सरकारसंग जोडदार माग गर्नुका साथै आफ्ना तर्फबाट त्यसप्रकारको व्यवस्थाकालागि निरन्तर प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गर्दछौं भन्नुभएको छ ।

 

सुकुम्वासी र विद्यार्थीद्वारा जनमार्चको स्वागत

कोहलपुर, २ डिसेम्वर /नेकपा माओवादी थारुवान राज्य समितिको आयोजनामा दाङको भालुवाङबाट शुरु भएको थारुवान गणतान्त्रिक जनमार्च अभियान बाँकेको चप्परगौडी पुलमा पुग्दा आज यहाँ सयौं सुकुम्वासीहरुले स्वागत गरेका छन् ।

 

कांग्रेस घातक बाटोमा

बुटवल । अन्तरिम व्यवस्थापिका संसदको विशेष अधिवेशनबाट भारी मतले पारित दुइ विशेष राजनीतिक प्रस्तावहरू तत्काल गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयनको विल्कप देखिएको छैन ।

 

डिभिजन कमाण्डरको सम्झनामा विशेष समारोह

रोल्पा, ३० नोभेम्वर । रोल्पा जिनावाङ गा.वि.सको मनीमारेमा शाही सेनाको हवाइ हमलामा मारिनुभएका जनमुक्ति सेनाका तत्कालीन पाँचौ डिभिजन कमाण्डर सुनिलको स्मृतिमा आज पाँचौं डिभिजन हेडक्वाटर दहवन रोल्पामा विशेष समारोह सम्पन्न भएको छ ।

 

माओवादी अध्यक्षद्वारा क्षमायाचना तथा दुःख ब्यक्त

काठमाण्डौ, ३० नोभेम्वर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले मंसिर ०२ गते नोबेल मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र गिरी लगायतका व्यक्तिहरु अपहरण र कूटपीटमा पर्नु तथा सो अत्याचारपूर्ण कृयाकलापमा फिल्मीशैलीमा झुक्याएर वाईसीएलका कार्यकर्ताहरु प्रयोग गरिनुले हामीलाई विशेषरुपले गहिरो आघात पुर्‍याएको छ भन्नु भएको छ । सो घटनाको लगत्तै सम्पूर्ण सत्य, तथ्य अवगत गराइ डा.गिरीलगायतको टोलीसंग पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै क्षमा याचना गरिएको तथ्य स्पष्ट गर्दै, पार्टीले ज्ञापनपत्रको मर्म र भावना अनुसार बलजफ्ती चन्दा, अपहरण र कूटपीटका घटना कडाइपूर्वक रोक्न आन्तरिक पहल गरिसकिएको तथा सो घटनाका प्रमुख खलनायकमाथि आवश्यक कार्यवाहीकालागि प्रशासनलाई सहयोग पुर्‍याउन पहल भइरहेको स्पष्ट पार्नु भएको छ ।

 

थारुवान गणतान्त्रिक जनमार्च अभियान आज बाँकेमा

बाँके, २९ नोभेम्वर । नेकपा माओवादी थारुवान राज्य समितिको आयोजनामा गत मंसिर ६ गते दाङको भालुवाङबाट शुरु भएको थारुवान गणतान्त्रिक जनमार्च अभियान आज बाँकेको कुसुम पुगेको छ । संसदका विशेष अधिवेशनबाट पारित गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव लागु गराउन दवाव दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएकौ माओवादीले जनाएको छ ।